दफा
रणनीति तथा कार्यनीति

९. रणनीति तथा कार्यनीति

माथि उल्लिखित नीतिको प्रभावकारी कार्यान्वयनको लागि निम्न रणनीति तथा कार्यनीति रहेका छन् ।

९.१ मानव संसाधनको विकास गर्दै जलवायु परिवर्तन–मैत्री प्रविधि एवं उपायहरूको विकास, प्रर्वद्धन तथा कार्यान्वयन गर्ने ।

९.२ राष्ट्रिय तथा स्थानीय सरकार, गैर सरकारी संघ–संस्था तथा निजी क्षेत्रको संलग्नतामा सार्वजनिक– निजी साझेदारी सुनिश्चित गर्दै जलवायु अनुकूलन तथा हरितगृह ग्याँसको उत्सर्जन न्यूनिकरण सम्बन्धी कार्ययोजनाको तर्जुमा र कार्यान्वयन गर्ने ।

९.३ वायु प्रदूषण सम्बन्धी विद्यमान मापदण्डहरूको कार्यान्वयन गर्ने, गराउने तथा न्यून कार्वन तथा जलवायु समानुकूलन विकासको लागि उपयोगी हुने नयाँ मापदण्डको विकास गरी लागू गर्ने ।

९.४ जलवायु परिवर्तनको कारण जोखिममा परेका क्षेत्र (पहिरो तथा यस्को संभावित क्षेत्र, नदीरखोलाको किनाराको बाढी ग्रसित क्षेत्र आदिमा) बस्ती विकास हुन नदिने ।

९.५ जलवायु अनुकूलन तथा हरितगृह ग्याँसको उत्सर्जन न्यूनीकरण, क्षमता अभिबृद्धि, प्रविधि विकास तथा विस्तार सम्बन्धी कार्यक्रमको तर्जुमा तथा कार्यान्वयनमा सरकारी, अर्धसरकारी, गैर सरकारी तथा उपभोक्ता समूहहरूको सहभागितामा विशेष जोड दिने ।

९.६ फोहरमैलालाई स्रोतको रूपमा व्यवस्थापन गर्ने ।

९.७ प्रकोप तथा महामारीसँग जुध्न पूर्वतयारीका कार्यक्रम सञ्चालनमा जोड दिने ।

जनचेतना तथा क्षमता अभिबृद्धिका कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्न जोड दिने ।

९.९ क्षेत्रीय जलवायु प्रारूप हरूलाई समेत ध्यान दिई नेपालको लागि उपयुक्त हुने प्रारूप को विकासमार्फत् पूर्वानुमान  गरी समयानुकूल परिमार्जन गर्दै लैजाने व्यवस्था गर्ने ।

९.१० जलवायु परिवर्तनबाट प्रभावित कृषि तथा प्रकोप विमाको व्यवस्था गर्ने ।

९.११ स्वच्छ विकास संयन्त्रबाट लाभ लिन निजी क्षेत्रको क्षमता विकास तथा प्रवद्र्धन गर्न प्रोत्साहित गर्दै लग्ने ।
९.१२ बाँझो छाडेको निजी, पर्ति, बाढी पहिरो–ग्रस्त, भिरालो जमिनमा बहुलाभदायक रुख प्रजातिको वृक्षारोपण तथा प्रवद्र्धन गर्ने ।
९.१३ कार्बन संचितीकरणमा संलग्न समुदायको लागि आर्थिक तथा प्राविधिक सहजीकरण सेवा प्रदान गरी अधिकतम फाइदा हुने अवस्था सृजना गर्ने ।
९.१४ जलवायु परिवर्तन सम्बन्धी कार्यक्रमहरूको लागि प्राप्त कुल बजेटको कम्तीमा ८० प्रतिशत रकम स्थानीयस्तरका कार्यमा प्रवाह गर्दै लग्ने ।